नेपाली व्याकरण

 भाषा '

भाषा' शब्द संस्कृतको 'भाष्' धातुबाट निर्माण भएको हो जसको शाब्दिक अर्थ 'बोल्नु वा भन्नु' भन्ने हुन्छ। मानवीय विचार वा भावना अादान प्रदान गर्ने माध्यमलाई भाषा भनिन्छ।  मानिस सामाजिक प्राणी हो उसले अाफ्नो विचार,धारणा, अनुभूति अादिलाई 'भाषाको माध्यमबाट विनिमय गर्दछ। । हेनरी स्विफ्टले वाक् ध्वनिद्वारा विचार व्यक्त गर्ने माध्यम भाषा हो भनी बताएका छन्। सपियरले स्वतन्त्र रुपमा उत्वरित ध्वनि । सङ्केतद्वारा विचार, संवेग र चाहनालाई अभिव्यक्त गर्ने र उच्चारण अवयवद्वारा उच्चरित मानवीय व्यवस्थालाई भाषा भनेका छन् । समग्रतामा भाषा भनेको मानवीय समुदायमा विचार अादान प्रदान गर्ने वा विचार सम्प्रेषण गर्ने वाक् प्रतीहरुको व्यवस्था हो।

नेपाली भाषा नेपालको सबैको साझा र सम्पर्क भाषा हो ।। नेपाली भाषा भारोपेली भाषा परिवारको अार्यइरानेली । शाखाअन्तर्गत सतम् वर्गको संस्कृत भाषाबाट खस् प्राकृत, खस् अपभ्रंश हुँदै भएको विकास भएको हो । २०६८ सालको तथ्याङ्कअनुसार ४४.६% मानिसहरुले मातृभाषाको रुपमा नेपाली भाषा बोल्दछन् । हाल करिब ३ करोड नेपालीहरुको साझा र सम्पर्क भाषा हो। हामी नेपालीहरुको पहिचान र सम्पत्ति पनि हो । नेपालमा मात्र नभई भारत, भुटान, बर्मा अादि देशमा यसको ठुलो । सङ्ख्यामा वक्ताहरु रहेका छन्। भारतको संविधानमा पनि नेपाली भाषालाई मान्यता दिइएको छ। भारतका विश्वविद्यालयहरुमा नेपाली भाषा पठनपाठन हुन्छ। भाषा भनेको बोली विज्ञान हो त्यसैले अाफूले बोल्ने भाषालाई प्रभावकारी र विज्ञानसम्मत ढङ्गले प्रयोग गर्न भाषा सिकाइ अनिवार्य हुन्छ। नेपाली भाषा हाम्रो संस्कृति, पहिचान र सम्पत्ति भएकाले यसलाई मानक रुपमा प्रयोग गर्न, स्तरीकरण गर्न र अाधुनिकीकरण गर्न नेपाली पढनै पर्दछ। त्यसकारण अनिवार्य नेपाली भनिएको हो।

___ भाषिक सीप विकासको लागि चार वटा पक्षहरुमा सवलता हासिल गर्नुपर्दछ : १) सुनाइ (श्रवण कला) २) बोलाइ (मौखिक अभिव्यक्ति शिल्प) ३) पढाइ (वाचन/पठन कला) ४) लेखाइ (लेखन कला)।

यी चार पक्षमा कुशलता हासिल गर्नु नै भाषा सिकाइ हो।। सिकारुहरुले यी चार वटै सिपको अभ्यास गर्नु पर्दछ। माध्यमिक नेपाली पाठ्यक्रम पाठ्यपुस्तकले पनि यिनै चार वटा पक्षको विकासमा जोड दिएकाले विद्यार्थी भाइबहिनीहरुले नेपाली विषय पढ्नु भनेको यिनै चार वटा सिपहरुमा सक्षमता हासिल गर्नु भन्ने बुझ्नु पर्दछ । यी चार वटा पक्षमा सबल व्यक्ति प्रतिभावान कहलाउँछ त्यसैले नेपाली सामान्य विषय होइन विशिष्ट विषय हो ।

यी चार वटा सिपहरुलाई दुई भागमा बाँडिन्छ । १)बोध (ग्रहण वा अादान सिप)

क) सुनाइ

ख) पढाइ २) अभिव्यक्ति (प्रकट वा प्रदान सीप)

ग) बोलाइ

घ) लेखाइ यसरी बोध र अभिव्यक्ति भन्नु र माथिका चार सिपहरु भन्नु फरक फरक कुरा नभई एउटै कुरा हुन् । नेपाली विषय पढ्नु भनेको यही बोध र अभिव्यक्तिमा सक्षम हुनु हो। विद्यार्थीहरुले यसमा हर्दम अभ्यास गरिरहनु पर्दछ ।


धातु     

  (धातु भनेको के हो? यसको पहिचान कसरी गर्ने?)

क्रियाको मूल वा अाधारभूत रूपलाई धातु भनिन्छ ।। क्रियाको नु लागेको रूप क्रियामूल हो भने क्रियामूलको नु झिक्दा बन्ने रूप धातु हो। जस्तै : बोल्नु - बोल्, जानु- जा, रिसाउनु - रिसाउ, भरिनु - भरि, रुनु '- रु, भित्रिनु - भित्रि, रोगाउनु - रोगाउ अादि।

धातुका प्रकार । धातु ३ प्रकारका हुन्छन् : १) सामान्य धातु २) नाम धातु ३) प्रेरणार्थक धातु

१) सामान्य धातु/मूल धातु

क्रियाबाट सोझै निर्माण भएका, नाम, विशेषण र अव्ययको सहायता अावश्यकता नपर्ने तथा अाउ, इ, याउ प्रत्यय नजोडिएका धातुलाई सामान्य धातु/मूल धातु भनिन्छ। जस्तै : पढ्छ - पढ्, गयो - जा, भन्छ - भन्, अाउँछ - अाउ, रोप्नेछ। - रोप, नाच्दै थियो - नाच्, हाँसेछ - हाँस, गर्थ्यो - गर् , हेरेको थियो - हेर अादि २)नाम धातु

नाम, विशेषण र अव्ययमा (अाउ, इ, याउ) प्रत्यय जोडिएमा नाम धातु बन्दछ । जस्तै : क) नाम(नाम + अाउ, इ, याउ = नाम धातु) रोग + अाउ = रोगाउ (रोगाउनु) मुन्टो + इ = मुन्टि (मुन्टिनु) । कुम्लो + याउ = कुम्ल्याउ (कुम्ल्याउनु) ख)विशेषण (विशेषण + अाउ, इ, याउ = नाम धातु) मोटो + अाउ = मोटाउ (मोटाउनु) पँहेलो + इ =पहेलि (पँहेलिनु) ।

बाङ्गो + याउ = बङ्ग्याउ (बङ्ग्याउनु) ग) अव्यय ( अव्यय + अनउ, इ, याउ = नाम धातु)

फुरफुर + अाउ = फुरफराउ (फुरफुराउनु) भित्र + इ = भित्रि (भित्रिनु)

पछि + याउ = पछ्याउ ( पछ्याउनु) ३) प्रेरणार्थक धातु - सामान्य धातु/मूल धातुमा अाउ प्रत्यय जोडिएमा प्रेरणार्थक धातु बन्दछ । जस्तै : (सामान्य धातु + अाउ = प्रेरणार्थक धात)। बोल् + अाउ = बोलाउ पढ् + अाउ = पढाउ खा + उ = खुवाउ सुन् + अाउ = सुनाउ काट् + उ = कटाउ सुत + अाउ = सुताउ



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.